Notification

×

Iklan

Iklan

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

Wednesday, November 25, 2020 | November 25, 2020 WIB Last Updated 2021-12-30T03:25:14Z

बेनी 

मङ्सिर ११


देशभरका पाँच वर्षमुनिका बालबालिकालाई आज र भाेलि भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुलीले  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुका साथै बालभिटा वितरण र पाखुराको नाप पनि लिइनेछ । ​​बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने गरिन्छ ।


यस्तै १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्ने गरिएको हो ।पराजुलीका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रमले २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखेको छ । यस्तै ६ लाख बालबालिकालाई बालभिटा वितरण र २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाउने योजना महाशाखाको छ ।भिटामिन ‘ए’ कार्यक्रममा देशभरका  करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् । 


६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि वितरण थालिएको हो ।


×
Berita Terbaru Update