Notification

×

Iklan

Iklan

अन्ततः ट्रम्पले स्विकारे बाइडेनको जित

Tuesday, November 24, 2020 | November 24, 2020 WIB Last Updated 2021-12-30T03:25:16Z

 बेनी 

मङ्सिर ९



                                            जो बाइडेन । तस्विरः द न्यूयोर्क टाइम्स


नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः आफ्नो पराजय स्वीकार गरेका छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएर ट्रम्पले घुमाउरो किसिमले पराजय स्वीकार गरेका हुन् ।


नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर कुनै पनि प्रमाण बिना ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका थिए ।


राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि र सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि अन्तरिम कालको काम थालेका थिए ।


बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिम प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।


तर ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्नका लागि गर्नु पर्ने सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीट गरेर उल्लेख गरेका हुन् ।


अन्तरिम प्रशासनलाई सत्ता औपचारिक रुपमा नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जिएसए) ले बाइडेनलाई नोभेम्बर ३ मा भएको चुनावको स्पष्ट विजेताका रुपमा स्वीकार गर्ने बताएको छ ।


ट्रम्पले चुनावमा भएको ‘धाँधली’ (अहिलेसम्म कुनै पनि ठोस प्रमाण भेटिएको छैन) विरुद्धको लडाईमा विश्वास राख्न अपिल गर्दै ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियाका लागि गर्नुपर्ने सबै काम गर्न जिएसए तथा आफ्नो टिमलाई निर्देशन दिएको बताएका छन् ।


जिएसएकी प्रमुख मर्फीले अन्तरिम प्रशासनलाई पहुँच दिइने सम्बन्धी पत्र बाइडेन प्रशासनलाई पठाएकी छन् । बाइडेन टिमले त्यसको स्वागत गरेको छ ।



×
Berita Terbaru Update