Notification

×

Iklan

Iklan

कोरोनाको खोप किन्न ५० अर्बको कोष

Tuesday, November 24, 2020 | November 24, 2020 WIB Last Updated 2021-12-30T03:25:16Z

 बेनी 

मङ्सिर १०



विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्नका लागि नेपाल सरकारले  ५० अर्ब रुपैयाँको कोष खडा गरेको छ ।


प्रतीकात्मक तस्वीर



त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । कोरोना खोप ल्याउन हुन बाधा हुने अवस्था आउन नदिन सरकारले यसअघि नैै औषधि सम्बन्धी अध्यादेश जारी गरिसकेको छ ।


खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए ।


खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा. गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ ।



डा. गौतमले भने, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।”


२ देखि ८ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि खोप ल्याउन सहज हुनेछ । अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् । विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।


×
Berita Terbaru Update