Notification

×

Iklan

Iklan

कोरोना भाइरसविरुद्धको खोपले पुससम्म स्वीकृति पाउने

Wednesday, November 18, 2020 | November 18, 2020 WIB Last Updated 2021-12-30T03:25:23Z

 बेनी

मङ्सिर ४



कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा देखाएको फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले अबको एक महिनाभित्र प्रयोगको स्वीकृति पाउने सम्भावना बढेको छ । खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले यस्तो जानकारी दिएका हुन् । युरोपेली तथा अमेरिकी नियामक निकायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको साहिनको भनाइ छ ।




जर्मन उत्पादकका प्रमुख कार्यकारीले बुधबार खोपलाई अमेरिकी तथा युरोपेली निकायले आकस्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने बताएका हुन् ।


रोयटर्स टेलिभिजनसँगको कुराकानीमा बोल्दै प्रमुख कार्यकारी उगुर साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको ‘फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन’ले आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।



उगुर साहिन


यस्तै युरोपेली युनियनले पनि केही शर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।


साहिनले भनेका छन्, “हामीलाई प्राप्त हुने आग्रह र त्यसमा रहेका शर्तहरुले स्वीकृतिलाई निर्धारण गर्ने छ ।”


फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।


सबैभन्दा पहिले स्वीकृति प्राप्त गर्ने खोपको माग विश्वभरबाट उच्च हुने र शुरुका केही महिना सोही खोपको दबदबा कायम रहेने साहिनले बताएका छन् ।


अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको परीक्षण पूरा गरी स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।


यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खोप पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अपेक्षा छ ।


त्यसैगरी रुस र चीनले पनि दशौं हजार व्यक्तिमा खोपको तेस्रो चरणको परीक्षण भैरहेको र यसको नतिजा छिटै नै आउने बताएका छन् ।



×
Berita Terbaru Update