बेनी
मङ्सिर ४
नेपालमा बिहीबार दुई हजार एक सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार एक सय ३ जना सङ्क्रमित थपिएका हुन् ।
योसँगै अहिलेसम्म नेपालमासङ्क्रमित हुनेको संख्या २ लाख १५ हजार २० पुगेको छ।
मन्त्रालयका अनुसार अहिले नेपालमा कुल २८ हजार एक सय ६ जना सक्रिय सङ्क्रमित छन् ।
यसैबीच बिहीबार मात्रै कोरोना जितेर २८ सय ५८ जना घर फर्किएका छन् ।