Notification

×

Iklan

Iklan

परीक्षा बोर्ड भन्छः “फिजिक्सको परीक्षा रद्द भएको छैन”

Thursday, November 26, 2020 | November 26, 2020 WIB Last Updated 2021-12-30T03:25:13Z

बेनी

मङ्सिर ११




राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बिहीबार लिइएको भौतिकशास्त्र (फिजिक्स) विषयको परीक्षा रद्द नभएको स्पष्ट पारेको छ  । फिजिक्स विषयको परीक्षा रद्द भएको र १७ मङ्सिरमा पुनः परीक्षा लिने भन्ने सामाजिक सञ्जालमा आएका सूचना भ्रमपूर्ण भएको भन्दै बोर्डले विज्ञप्ति नै निकालेर यस्तो जानकारी गराएको हो ।

बोर्डको वेबसाइट www.neb.gov.np मा यो सूचना प्रकाशित छ । 




बोर्डको आधिकारिक वेबसाइटबाहेकका कुनै पनि सूचनालाई आधार मानेर भ्रममा नपर्नसमेत बोर्डले अनुरोध गरेको छ । 


अस्ति ९ गतेदेखि शुरु भएको कक्षा १२ को परीक्षा मङ्सिर १६ गते सकिँदैछ ।



×
Berita Terbaru Update