Notification

×

Iklan

Iklan

बेनी नगरपालिकामा थप एक साता बन्द

Friday, November 6, 2020 | November 06, 2020 WIB Last Updated 2021-12-30T03:25:46Z

 बेनी 

कात्तिक २१


बेनी नगरपालिकाको कार्यालय र यस अन्तर्गतका विभिन्न वडाबाट हुने सेवाप्रवाहका काम थप एक साता बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले शुक्रबार सूचना जारी गरी उक्त जानकारी गराएको हो ।


बेनी नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएपछि शुक्रबारसम्म १०८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा १९ जनामा कोरोना पोजेटिभ देखिएको र २६ जनाको रिपोर्ट आउन बाँकी रहेको सूचनामा उल्लेख छ । 





परीक्षणका लागि पठाइएको नमुनामध्ये २३ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रशासनको सूचनामा उल्लेख छ । सङ्क्रमितको सम्पर्कमा पुगेकाहरुमा लक्षण देखिन वा निसङ्क्रमित हुन १४ दिन लाग्ने भएकोले पनि थप बन्दको निर्णय भएको बुझिएको छ ।


बन्दको पछिल्लो सात दिनमा संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ, नमुना संकलन, जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै घरमै बसेका सङ्क्रमितको अनुगमन लगायतका काम गरिएको थियो । 




‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यी अभियानलाई निरन्तरता दिन आवश्यक देखिएको, बेनी नगरपालिकाको सिफारिस, जिल्ला सुरक्षा समितिको मूल्याङ्कनलगायतका आधारमा एक हप्ताका लागि थप बन्द गर्नुपरेको’ सहायक प्रमुख जिल्ला अधिकारी मिना कुँवरले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।


सदरमुकाम बेनीमा कोरोनाको जोखिम ह्वात्तै बढेपछि सबै सरोकारवाला सहभागी कोभिड संकट व्यवस्थापन केन्द्र, म्याग्दीको यही कात्तिक १४ गतेको बैठकले एक साताका लागि बेनी नगरपालिकाबाट हुने अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।



तीनओटा स्थानीय सरकार ठप्प

बेनी नगरपालिकाले जारी बन्द एक साता बढाउने निर्णय गरेसँगै म्याग्दीमा रहेका ६ ओटा स्थानीय सरकारमध्ये तीनओटाको कामकारवाही तिहारअघि सञ्चालन नहुने भएको छ । 


बेनी नगरपालिकाले एक साता बन्द गरेपछि मङ्गला र मालिका गाउँपालिकाले पनि केही दिनअघिमात्र गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका सेवा बन्द गरेको घोषण गरेका छन् ।


म्याग्दीमा अन्नपूर्ण, धवलागिरी र रघुगङ्गा गाउँपालिकाले भने अझैसम्म बन्दबारे निर्णय गरेका छैनन् ।


×
Berita Terbaru Update