Notification

×

Iklan

Iklan

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ’ महारथी उपाधि

Thursday, November 5, 2020 | November 05, 2020 WIB Last Updated 2021-12-30T03:25:46Z

बेनी

कात्तिक २०


राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त दर्जा प्रदान गरिएको हो । 




सो समारोहमा सेनाप्रमुख नरवणेलाई खड्ग तथा सनद–पत्र समेत प्रदान गरिएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीको सहभागिता रहेको थियो ।


नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको महारथी उपाधि प्राप्त गरिसकेका छन् । गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।


विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो ।



×
Berita Terbaru Update