Notification

×

Iklan

Iklan

पुनर्निर्माणका लागि प्रधानमन्त्रीलाई बुझाइयाे मागपत्र

Thursday, November 5, 2020 | November 05, 2020 WIB Last Updated 2021-12-30T03:25:46Z


बेनी 

कात्तिक २१


म्याग्दीको धवलागिरी गाउँपालिकामा बाढीपहिरोबाट क्षति भएको घरकाे पुनर्निर्माण र जाेखिमयुक्त बस्तीको पुनर्बासकाे माग गर्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाइएको छ।




गाउँपालिका अध्यक्ष थमसरा पुनमगर र उपाध्यक्ष रेशम छन्त्यालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर उक्त  मागपत्र बुझाएका हुन् ।

मागपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा अाेलीले म्याग्दीकाे क्षतिग्रस्त संरचना पुनर्संरचना र जाेखिमयुक्त बस्तीको स्थानान्तरणमा केन्द्र सरकारले सहयाेग गर्ने वचन दिएका छन् । 


प्रधानमन्त्रीकाे प्रतिबद्धताबारे जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले भने, "विपद् ग्रस्त जिल्लाकाे सूचीमा म्याग्दी नपरेको कुरा ढिला गरि गाहा पाएँ भन्नुभयो।"




प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा गाउँपालिकाकाे महत्त्वपूर्ण याेजनाकाे जानकारी गराउँदै क्षतिग्रस्त घरकाे पुनर्निर्माण, जाेखिमयुक्त बस्तीको स्थानान्तरण लगायतका विषय समेटिएको अध्यक्ष थमसरा पुनमगरले जानकारी दिइन् ।


पूर्वमन्त्री एवं सांसद थममायाँ थापाकाे संयाेजनमा भएको भेटघाटमा धवलागिरीसहित बाढी पहिरोबाट क्षति पुगेको म्याग्दीका सबै ठाउँको पुनर्निर्माणका लागि सरकारले सबै खाले सहयाेग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका थिए ।


गत असार २५ र २६ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा धवलागिरीकाे मराङ भत्किएका घरकाे पुनर्निर्माणका लागि मात्रै २६ कराेड बजेट अावश्यक पर्ने प्रारम्भिक अनुमान यसअघि सार्वजनिक भएको थियो ।


यस वर्ष अत्यधिक झरी परेकाे कारण धवलागिरीकाे मराङ, मालिकाकाे बिम, अन्नपूर्णकाे फगाम, रघुगङ्गाकाे कुइनेमङ्गले लगायतका ठाउँमा पहिरो जाँदा दर्जनौं व्यक्तिकाे मृत्युु भएको थियाे भने केही अझै बेपत्ता छन् ।


म्याग्दीमा गत असारयता गएको पहिरोका कारण ८१ अाेटा बस्तीका १ हजार ८६ घर घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । 



यसमध्ये पूर्ण क्षती भएका घर संख्या २४७ छन् । बाँकी ८२१ घर  जाेखिमयुक्त भएकोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने छन् ।



×
Berita Terbaru Update