Notification

×

Iklan

Iklan

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुविर श्रेष्ठ विजयी

Saturday, November 28, 2020 | November 28, 2020 WIB Last Updated 2021-12-30T03:25:10Z

बेनी 

मङ्सिर १४


म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा कुल १०५ मत खसेकाेमा श्रेष्ठले ५८ मत ल्याएर निर्वाचित भएका हुन् ।




महासंघको ५४अाैं साधारणसभा तथा अधिवेशनमा कुविर श्रेष्ठले जिल्ला/नगरतर्फ खुल्ला काेटाबाट चुनाव लडेका थिए । 


चन्द्र ढकालकाे प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठलाई जिताउन म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, निवर्तमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल लगायतको टाेली काठमाडौं पुगेर प्रचारप्रसारमा खटिएको थियाे ।


वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन्। ढकालले आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गरेका हुन्।



वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे ।


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको छ।


महासंघको विधानअनुसार अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अध्यक्ष निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट महासंघका वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यकारिणी समिति निर्वाचित भएको हो ।


×
Berita Terbaru Update