Notification

×

Iklan

Iklan

बाबियाचौरबाट सल्यान जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

Sunday, November 29, 2020 | November 29, 2020 WIB Last Updated 2021-12-30T03:25:10Z

बेनी 

मङ्सिर १४


म्याग्दीको मङ्गला गाउँपालिका२ बावियाचौरमा बाेलेराे दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने ५ जना घाइते भएका छन् ।



बाबियाचाैरकाे लाम्पाटाबाट सल्यानतिर जाँदै गरेको प्रदेश २–०३००१च ०२५२  नम्बरको बोलेरो जिप भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।


दुर्घटनमा परी जीपमा सवार ११ वर्षीय करिश्मा क्षेत्रीकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जानकारी दिएको छ ।


दुर्घटनबाट जीपका चालक ४२ बर्षका खुमबहादुर कटुवाल सहित पाँच जना घाईते भएका छन् । 


घाईते हुनेहरूमा  चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जिपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारको लागि बेनी अस्पतालतर्फ ल्याईएको छ ।


घटनाका घाइतेको उद्धारका लागि स्थानीय बासिन्दा र प्रहरी घटनास्थल पुगेका थिए ।


×
Berita Terbaru Update