Notification

×

Iklan

Iklan

नेकपा म्याग्दीका सचिव श्रेष्ठलाई सङ्क्रमण पुष्टि

Tuesday, November 3, 2020 | November 03, 2020 WIB Last Updated 2021-12-30T03:25:48Z

 

बेनी 

कात्तिक १८


नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा मङ्गलबार गरिएको परीक्षणबाट श्रेष्ठलाई सङ्क्रमण पुष्टि भएको हो ।




सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका श्रेष्ठसहित उनका श्रीमती र दुई छोरीमा समेत सङ्क्रमण पुष्टि भएको छ।

कात्तिक १६ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएकोमा सङ्क्रमण पुष्टि भएको थियो । 


स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखिए पनि आफुहलाई कोरोनाको लक्षणहरु केही नदेखिएको फेसबुकमार्फत् जानकारी दिँदै श्रेष्ठले भनेका छन्, “पछिल्लो समय हामीसँग भौतिकरुपमा नजिक हुनुभएकाहरुले सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दछु ।”




जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये ४६ जनाको स्वाब पोखरा पठाइएकोमा रिपोर्ट आउनेक्रम जारी रहेको जानकारी दिए ।



×
Berita Terbaru Update