बेनी
कात्तिक २४
सशस्त्र प्रहरी बलमा भर्ना हुन म्याग्दीका युवाहरुमा आकर्षण देखिन थालेको छ । जम्मा १ हजार ८ सय ३३ जना जवानका लागि खुलेको आवेदनमा म्याग्दीबाट मात्रै एक सय नौ जनाले आवेदन भरेपछि यस्तो देखिएको हो ।
![]() |
फाइल तस्विर |
सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म, म्याग्दीका सशस्त्र प्रहरी नायव उपरीक्षक हरि गुरुङले अहिलेसम्म म्याग्दीका एक सय नौ जनाले फारम भरेको जानकारी दिए ।
डिएसपी गुरुङका अनुसार यसरी फारम भर्नेहरुमा महिला १६, जनजाति १७ र दलित कोटाबाट ३५ गरी आरक्षण कोटाबाट ६८ जनासहित जम्मा एक सय ९ जनाले भर्तीका लागि निवदेशन दिएका हुन् ।
सशस्त्र प्रहरीको जवान पदमा भर्ना हुनका लागि न्युनतम आठ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने तथा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्ने पनि गुरुङले बताए । भर्ती हुन चाहने युवाहरुले आगामी मंसिर १ गतेसम्म फारम बुझाउन सक्ने पनि गुरुङले बताएका छन् ।
वि.सं. २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल पछिल्लो समय विशेषगरी बिओपीमार्फत् देशको सीमारक्षामा तैनाथ छ ।
भारत र चीनसँग सीमा जोडिएको नेपालले बोर्डर आउट पोष्ट (बिओपी) मार्फत् सीमामा देशको उपस्थिति जनाउन शुरु गरेको छ ।