बेनी
कात्तिक २५
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि मङ्गला गाउँपालिकाको केन्द बावियाचौरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सहयोग नेपाल नामक संस्थाले गाउँपालिकाको केन्द्र बाबियाचौरमा सचेतनामूलक कार्यक्रम तथा केही स्वास्थ्य सामग्री वितरण गरेको हो । यसक्रममा बाबियाचौर बजार परिक्रमा गरिएको थियो ।
बजार परिक्रमाका क्रममा बजारका विभिन्न ठाउँमा मास्क, सेनिटाइटर, साबुन, बाल्टीसमेत वितरण गरिएको थियो।
सहयोग नेपालका अध्यक्ष सविना अधिकारी, उपाध्यक्ष जीवन पौडेल, सचिव उज्वल केसीलगायतको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
