Notification

×

Iklan

Iklan

बेनीबाट भैरहवा जाँदै गरेको बस तनहुँमा पल्टिँदा १७ जना घाइते

Thursday, November 26, 2020 | November 26, 2020 WIB Last Updated 2021-12-30T03:25:14Z

तनहुँ

मङ्सिर ११



बेनीबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस तनहुँ जिल्लाको आँबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार लु २ ख ८८३ नम्बरको उक्त बस तनहुँको आँबुखैरेनीस्थित मिलनचोकमा सडकबाट पाँच मिटर तल खोल्सामा खसेको थियो ।




घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको ठक्करबाट आँबुबाट दमौलीतर्फ आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरमा सवार तीन जना पनि घाइते भएका छन् । ट्राफिक प्रमुख रेशम रानाभाटले घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर तथा एकलाई पोखरा पठाइएको जानकारी दिए 


अन्य घाइतेको अवस्था सामान्य रहेको र केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको रानाभाटले बताएका छन् । घाइते हुनेमा तनहुँ, पर्वत र स्याङजाका यात्रु अधिक रहेको ट्राफिक प्रहरीको भनाइ छ ।


दमौलीन्यूजको सहयोगमा


×
Berita Terbaru Update