Notification

×

Iklan

Iklan

आश्रित बालबालिकालाई ब्ल्याङ्केट

Friday, November 13, 2020 | November 13, 2020 WIB Last Updated 2021-12-30T03:25:36Z


बेनी

कात्तिक २८


म्याग्दी बालगृहको आश्रयमा रहेका बालबाललिकाका लागि ब्ल्याङ्केट सहयोग प्राप्त भएको छ । अष्ट्रेलियामा रहेका म्याग्देली महिलाहरुले सञ्चालन गरेको ‘वी केयर एण्ड लभ फाउण्डेशन’ले उक्त सहयोग गरेको हो । शुक्रबार बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यलाई संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले ५० हजार रुपैयाँ बराबरका सामान सहयोग गरे ।




सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन गरेका उपेन्द्र गिरीले रोजगार, व्यापार तथा शिक्षाका लागि अष्टे«लियामा रहेका म्याग्देली चेलीले सामाजिक कार्यका लागि संस्थाको स्थापना गरेको जानकारी दिए ।


नेपाल बाल संगठन, म्याग्दीले सञ्चालन गरेको बालगृहमा अहिले १३ जना विद्यार्थी बस्दै आएका छन् । आश्रित बालबालिकालाई एक एकओटाका दरले १३ थान ब्ल्याङ्केट वितरण गरिएको हो ।




सोही अवसरमा बोल्दै बाल सङ्गठनका सभापति राजेश शाक्यले बालगृहमा रहेका बालबालिकालाई आवश्यक सामान सहयोग गरेकोमा संस्थाप्रति आभारी व्यक्त गरे । बालगृहको संस्थागत विकासकास लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न खोजिएको अध्यक्ष शाक्यको भनाइ छ ।


कार्यक्रमको सञ्चालन सन्दिप खत्रीले गरेका थिए ।


यसैबीच सहयोगी संस्थाका अध्यक्ष जानु शेरचन केसीले विपन्न बालबालिका र महिलाको हित तथा आयआर्जनमा सहयोग गर्ने लक्ष्य लिएर फाउण्डेशन स्थापना भएको जानकारी दिएकी छिन् । 


अष्ट्रेलियामा हालै स्थापना भएको संस्थाले बोतलको पुनः प्रशोधन गरी बिक्रीबाट प्राप्त भएको कमाइले समाजिक कार्यको थालनी गरेको अध्यक्षको भनाइ छ । “संस्था भर्खर स्थापना भएको छ,” उनले भनिन्, “महिला र बालिबालिकाको आयआर्जन लगायतका हितका काममा सहयोग गर्ने उद्देश्य राखेका छौं ।”


×
Berita Terbaru Update