Notification

×

Iklan

Iklan

बलात्कारको घटना ‘मिलाउने’लाई तीन वर्ष कैद

Sunday, November 22, 2020 | November 22, 2020 WIB Last Updated 2021-12-30T03:25:19Z

 बेनी 

मङ्सिर ७



बलात्कारका घटना मिलाउने व्यक्तिहरुलाई दण्डित गर्ने गरी सरकारले नयाँ कानुनी व्यवस्था गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेबारेको अध्यादेशमा सो व्यवस्था गरिएको हो।




यौनहिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्ने व्यवस्था छ । 


आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको उक्त अध्यादेशलाई जारी गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पठाइएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिएकी छिन् । 


कानुनमन्त्री तुम्बाहाम्फेका अनुसार यदि सार्वजनिक पदधारण गरेको व्यक्तिले मिलापत्र गराउन भूमिका खेलेको पाइएमा थप ६ महिना कैदको व्यवस्था अध्यादेशले गरेको छ । 


मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका बलात्कार सम्बन्धी व्यवस्था परिमार्जन गर्दै सरकारले अध्यादेश जारी गरेको हो ।


यसअघि ‘महिला तथा बालिका’ भन्ने शब्द रहेकोमा नयाँ अध्यादेशमा ‘व्यक्ति’ भन्ने शब्द उल्लेख गरिएको छ । पुरुषमाथि पनि बलात्कार हुने भएकाले ‘व्यक्ति’ भन्ने शब्द राखिएको मन्त्री तुम्बाहाम्फेको भनाइ छ ।


अध्यादेश आइतबार नै राष्ट्रपतिबाट जारी हुने बताइएको छ ।


×
Berita Terbaru Update