Notification

×

Iklan

Iklan

कुमारी सहकारीः म्याग्दीको ‘उत्कृष्ट करदाता’

Sunday, November 22, 2020 | November 22, 2020 WIB Last Updated 2021-12-30T03:25:18Z

 बेनी 

मङ्सिर ७



म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसर पारी आन्तरिक राजश्व कार्यालय, बागलुङले आइतवार सहकारीलाई सम्म्मान गरेको हो । आर्थिक वर्ष २०७५/७६ मा म्याग्दी जिल्लाबाट सबैभन्दा धेरै आयकर दाखिला गरेकोले सहकारीलाई सम्मान गरिएको हो ।




कार्यालयका प्रमुख कर अधिकृत हेमराज शर्मा र बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहकारीका उपाध्यक्ष राजकुमार थापालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए । 


कुमारी सहकारीले यसअघि पनि आर्थिक वर्ष २०७१/७२ र २०७३/०७४ मा समेत म्याग्दीबाट उत्कृष्ट करदाताको सम्मान प्राप्त गरिसकेको उपाध्यक्ष राजकुमार थापाले जानकारी दिए ।


कार्यालयमा दाखिला गरेको आयकरको आधारमा आन्तरिक राजश्व कार्यालय, बागलुङले हरेक वर्ष कर दिवसका अवसरमा साविक धवलागिरिका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाका एक÷एक जना उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । 




आर्थिक वर्ष २०७६/७७ को कर दाखिला गरेको आधारमा सम्मानित हुनेमा म्याग्दीबाट कुमारी बहुउदेश्यीय सहकारीसँगै पर्वतबाट नेष्डो समृद्ध नेपाल, बागलुङबाट ग्रीन डेभलपमेन्ट बैँक र मुस्ताङबाट अमित बिल्डर्सले सम्मान प्राप्त गरेका छन् ।


×
Berita Terbaru Update