बेनी
मङ्सिर २
गत २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । यस्तै गएको २४ घण्टामा २ हजार ८ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज देशभर ३० हजार ९ सय ८६ जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै, २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।
