Notification

×

Iklan

Iklan

११ को ग्रेडवृद्धि परीक्षामा पालना गर्नुपर्ने नियम कस्ता छन् ?

Sunday, November 1, 2020 | November 01, 2020 WIB Last Updated 2021-12-30T03:25:51Z


बेनी

कात्तिक १६


म्याग्दीमा ‘कोभिड–१९’ को सङ्क्रमणको जोखिम जसरी बढ्दैछ त्यही अनुपातमा रोकथामको प्रयास पनि भैरहेको छ । शिक्षा विकास तथा समन्वय इकाइ, म्याग्दीले सरोकारवाला विद्यालयका नाउँमा आइतबार जारी गरेको एउटा निर्देशनबाट यो कुरा थाहा पाउन सकिन्छ । 


फाइल तस्विर



प्रसङ्ग हो ११ कक्षाको ग्रेडवृद्धि परीक्षाको ।


विगतका वर्षमा वैशाख महिनामै कक्षा ११ र १२ का सबैखाले परीक्षा सञ्चालन भैसक्थे । तर, यसपटक परिस्थिति त्यस्तो रहेन । कोरोना महामारीका कारण कक्षा ११ देखि माथिका सबै परीक्षा स्थगित गरिएको छ । सरकारले सैद्धान्तिक सहमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कात्तिक ५ गते एक सूचना प्रकाशित गरेको छ । जस अनुसार आगामी मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ । 


यसबीचमा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखराको कात्तिक १३ गतेको पत्रले ‘मंसिर ९ गतेको परीक्षा हुनुभन्दा अगावै कक्षा ११ को आंशिक वा ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न’ सम्बन्धित विद्यालयहरुलाई निर्देशन दियो। 


उक्त पत्रमा विशेषगरी आंशिक र ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डका बारेमा उल्लेख छ । परीक्षा सञ्चालन गर्दा अपनाउनुपर्ने न्युनतम मापदण्ड निम्नअनुसार छन् ।




सदरमुकाम बेनीमा सञ्चालित सबै विद्यालय तथा म्याग्दी बहुमुखी क्याम्पसले आगामी कात्तिक २३ गतेदेखि आंशिक तथा ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् । त्यसैगरी रत्नेचौरको भानु माविलगायतले पनि सोही मितिमा परीक्षा सञ्चालन गर्नेगरी सूचना गरेका छन् ।


म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले १२ कक्षाको मूल्याङ्कनमा ११ को उपलब्धिलाई आधार मान्नेगरी मापदण्ड तयार भएपछि हतारहतार आंंशिक परीक्षाको निर्देशन दिइएको हुनसक्ने बताएका छन् । “परीक्षा बोर्डको नयाँ मापदण्डमा ११ कक्षाको औसत उपलब्धिबाट ४० प्रतिशत जोडिने भएपछि ११ को बाँकी परीक्षा टुङ्ग्याएर अघि बढ्न खोजेको बुझिन्छ,” क्याम्पस प्रमुख जिसीले भने ।


राष्ट्रिय परीक्षा बोर्डको संशोधित कार्यविधि अनुसार १२ कक्षाका विद्यार्थीले मौजुदा पाठ्यक्रममध्ये जम्मा ४० प्रतिशत अङ्कभारको लिखित परीक्षा दिनेछन् । 


बाँकी ६० प्रतिशतमध्ये ११ कक्षाको औसत उपलब्धिका आधारमा ४० तथा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा २० प्रतिशत थपी शतप्रतिशत मूल्याङ्कन गर्ने व्यवस्था छ ।


×
Berita Terbaru Update