Notification

×

Iklan

Iklan

काेटगाउँ र रातमाटाका युवाबीच झडप : गम्भीर घाइते एक जनालाई पाेखरा लगियो

Sunday, November 1, 2020 | November 01, 2020 WIB Last Updated 2021-12-30T03:25:51Z

बेनी 

कात्तिक १६


जिल्लाकाे  रघुगंगा गाउँपालिका–६ पाखापानीमा दुई समूहका युवाबीच झडप हुँदा एक युवा घाइते भएका छन् । स्थानीय काेटगाउँ र रातमाटाका युवाहरूका बीचमा भएको झडपमा  साेही वडाकाे  रातामाटाका ३५ वर्षीय युवा डम्बरबहादुर पुन गम्भीर घाइते भएका हुन् ।




घाइते पुनलाई स्थानीयले उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पतालमा लगिएको प्रहरी नीरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।


निरीक्षक शर्माका अनुसार युवाहरू बीच झडप भएकाे र घाइते भएका पुन बाटोभन्दा दुई सय मिटर तल अचेत, टाउको र शरिरमा चोट लागेको अवस्थामा फेला परेका थिए।


 प्रहरी निरीक्षक शर्मा नेतृत्वको टोलीले घटनास्थल पुगेर झगडाको कारण र  घटनास्थलबारे थप अनुसन्धान गरिरहेको छ।


×
Berita Terbaru Update