Notification

×

Iklan

Iklan

पश्चिमी वायुको प्रभावले अचानक वर्षा

Tuesday, November 3, 2020 | November 03, 2020 WIB Last Updated 2021-12-30T03:25:50Z

 

बेनी 

कात्तिक १८


मङ्गलबार बिहान अचानक आकाश धुमिल देखियो । त्यसपछि बादल घेरिएर केहीबेर पानी समेत प¥यो । 


सदरमुकाम बेनी र आसपासका क्षेत्रमा बादल लागेर पानी पर्न थालेपछि एकअर्काले मुखामुख गर्ने अवस्था आयो । यसअघि मौसम विभागले पूर्वजानकारी दिने गरेको थियो । तर, सोमबार यसबारे त्यस्तो कुनै सूचना जारी भएको थिएन । 




धान थन्क्याउने चटारोमा रहेका किसानलाई मौसममा अचानक आएको बदलावले चिन्तित बनायो । खेतमा ढालिएका धानका निन रुझ्न थाले भने खोजेका खेतालालाई काम लगाउने कि फिर्ता पठाउने दोधार भयो ।


भानु मावि, रत्नेचौरका प्रधानाध्यापक एवं स्थाननीय भरत खत्रीले काटेर निन लगाइएको धान पानीले रुझेको जानकारी दिए । “खेतमा सुकाएको धान  रुझेपछि के गर्ने भन्ने अलमल भयो,” खत्रीले भने ।


तस्विरः भरत खत्रीको फेसबुकबाट



यस्तो चिन्ता खत्रीको मात्र नभई धानखेती थन्क्याउने तयारीमा रहेका सबैजसो किसानको साझा समस्यो हो ।



मौसम विज्ञान विभागका अनुसार मंगलबार अचानक मौसममा खराबी आई हलुका वर्षा हुनुमा पश्चिमी वायुको प्रभावले काम गरेको हो । 


मौसमविद् मञ्जु बासीका अनुसार यसको प्रभाव पहाडी क्षेत्रमा बुधबारसम्म कायम रहनेछ  । यसक्रममा केही समय घाम लाग्ने र फेरि बदली हुने क्रम चलिरहने छ । 


विभागका अनुसार मङ्गलबार देशभरको आकाश सामान्य बदली रहेकोमा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भएको थियो ।


×
Berita Terbaru Update