Notification

×

Iklan

Iklan

बलात्कारका अभियुक्त १० महिनापछि पक्राउ

Tuesday, November 3, 2020 | November 03, 2020 WIB Last Updated 2021-12-30T03:25:49Z

 

बेनी 

कात्तिक १८


११ वर्षीया बालिका बलात्कार गरी भागेका आरोपीलाई प्रहरीले १० महिनापछि पक्राउ गरेको छ । बेनी नगरपालिका–५ का अशोक परियारलाई म्याग्दी प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । 





जिल्ला प्रहरी कार्यालय, म्याग्दीका निरीक्षक ध्रुव शर्माले २०७६ पुस १२ गते रातिको समयमा बालिका बलात्कार गरी भागेका अशोक परियारलाई पक्राउ गरिएको जानकारी दिए । “११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी भागेका भिरमुनिका अशोक परियारलाई पक्राउ गरिएको छ,” निरीक्षक शर्माले भने । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट खटिएको प्रहरी टोलीले आज परियारलाई नियन्त्रणमा लिएको बताइएको छ । 


बालिका बलात्कार गरी भागेको भनी परियारका विरुद्ध अदालतमा जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता भएको थियो । उजुरीमाथि प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालतले पक्राउ अनुमति समेत जारी गरेको शर्माले बताए ।


‘मुलुकी अपराध संहिता–२०७४’ को परिच्छेद १८, दफा २१९ को उपदफा ३ (ख) बमोजिम १० देखि १४ वर्ष उमेरसम्मका बालिकालाई करणी गरेमा १८ वर्ष देखि २० वर्षसम्म कैद सजाय तोकिएको छ ।

 


×
Berita Terbaru Update