Notification

×

Iklan

Iklan

कोरोना बिमाको भुक्तानी अब एक हप्तामै

Tuesday, November 3, 2020 | November 03, 2020 WIB Last Updated 2021-12-30T03:25:49Z


बेनी 

कात्तिक १८


कोरोना लागेमा उपचारमा भरथेग होला भनी बिमा गरेका सर्वसाधारणलाई भुक्तानी दिन बिमा कम्पनीहरुले आनाकानी गरेपछि सरकारले यसमा चासो देखाएको छ । 




कोरोनाको सङ्क्रमण बढ्दै जाँदा दावी भुक्तानी दिनुपर्नेमा बिमा कम्पनीहरुले अल्मल्याउन थालेपछि सरकारले कडाइ गरेको हो ।


बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थमन्त्रालयले कोरोना बिमाको रकम भुक्तानी चाँडै गर्नेसम्बन्धमा निर्देशन दिएको जानकारी दिए । “अर्थ मन्त्रालयको निर्देशनअनुसार हामीले कागजात पुगेको अवस्थामा एक हप्ताभित्रै कोरोना विमाको दावीभुक्तानी गर्न बिमा कम्पनीलाई भनेका छौं,” निर्देशक पौडेलले भने । 


कोरोना विमाको भुक्तानीका लागि सबै कागजात पेस गरे पनि समयमा भुक्तानी नपाएको जनगुनासो बढेपछि समय तोकेर निर्देशन दिइएको पौडेलको भनाइ छ । कोरोनाको विमा बापतको भुक्तानी अब सबै विमा कम्पनीले एक हप्ताभित्रै दिने उनले बताए ।


यसैबीच वरिष्ठ पत्रकार मात्रिका पौडेलले ‘प्रधानमन्त्रीले रोजेजस्तो, जनताले खोजेजस्तो अर्थमन्त्री बल्ल पाएको’ भन्दै जनताको समस्यामा चासो दिएकोमा अर्थमन्त्रीको सराहना गरेका छन् ।




“हामीले खोजेको, प्रधानमन्त्रीले रोजेको अर्थमन्त्री विष्णु पौडेल हो चाहिएको । जहाँ समस्या, त्यहाँ जनपक्षीय समाधान,” उनले भनेका छन् ।


 

×
Berita Terbaru Update