Notification

×

Iklan

Iklan

बेनीका थप तीन जना सङ्क्रमित

Tuesday, November 17, 2020 | November 17, 2020 WIB Last Updated 2021-12-30T03:25:23Z


बेनी

मङ्सिर ३




बेनीका थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत कात्तिक २९ र ३० गते संकलन गरी पठाइएका १० ओटा नमुनामध्ये तीन जनालाई संक्रमण पुष्टि भएको हो । 


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका प्रमुख विनोदविन्दु शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको छ ।


सङ्क्रमित हुनेहरुमा बेनी नगरपालिका–८ का २६ र ३७ वर्षका दुई महिला तथा ८ नम्बर वडाकै ४९ वर्षीय एक जना पुरुष रहेका छन् ।


बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले संक्रमितमध्ये एक जना बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको जानकारी दिएका छन् ।




जिल्ला जनस्वास्थ्य कार्यालय, म्याग्दीका अनुसार संक्रमित तीनै जना कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।


यसैबीच पछिल्लो २४ घण्टामा म्याग्दीसहित गण्डकी प्रदेशभर ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा कास्कीका ४ जना, स्याङ्जाका ३ जना र तनुहुँका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


×
Berita Terbaru Update