Notification

×

Iklan

Iklan

साहित्यकार बुद्धिप्रसाद सुवेदीको निधन

Wednesday, November 25, 2020 | November 25, 2020 WIB Last Updated 2021-12-30T03:25:15Z

 बेनी 

मङ्सिर १०


म्याग्दीका साहित्यकार एवं संस्कृतिविद् बुद्धिप्रसाद सुवेदीको निधन भएको छ । धवलागिरी गाउँपालिका–७ ताकमका स्थायी बासिन्दा सुवेदीको यही मङ्सिर ७ गते चितवनमा मृत्यु भएको हो । 


स्व. बुद्धिप्रसाद सुवेदी


प्रशस्त कविता, कथा, निबन्ध र नाटक लेखेका सुवेदीका ताकमदर्पण (सहलेखन), प्रेमदान (उपन्यासः२०६६), आह्वान (कवितासंग्रहः२०६७) लगायतका सिर्जना प्रकाशित छन् । यसबाहेक विभिन्न पत्रपत्रिकामा साहित्य, इतिहास र संस्कृतिसँग सम्बन्धित सामग्रीसमेत प्रकाशन भएको म्याग्दी साहित्यिक समाजका सचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।


“झट्ट हेर्दा मृदुभाषी र सरल देखिने बुद्धिप्रसाद स्थानीय इतिहासको उत्खनन र प्रामाणिक लेखनमा प्रसिद्ध नाउँ हो,” सचिव सुवेदीले भने, “एउटा कुशल शिक्षक, साहित्यसर्जक र इतिहास अन्वेषकका रुपमा उहाँलाई सम्झिन सकिन्छ।”


विभिन्न दार्शनिक सवालहरूको जवाफ दिनसक्ने, धर्म संस्कार, रीतिविधि आदिको यथोचित निर्णय दिनसक्ने, अध्ययन अनुसन्धान गरेर कहिल्यै नथाक्ने, कुशल गुरु र साहित्यसर्जकका रुपमा बुद्धिप्रसादलाई सम्झन सकिने सचिव सुवेदीको भनाइ छ ।


वि.सं २००३ असोज २५ मा ताकममा जन्मिएका सुवेदीले ३८ वर्षसम्म शिक्षण क्षेत्रमा काम गरे । शिक्षण कर्म र घरायसी कामबाट फुर्सद मिल्नेबित्तिकै सिर्जनामा लाग्ने स्वभावका बुद्धिप्रसादले प्रेमदान उपन्यासका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । 


म्याग्दी साहित्यिक समाजका सल्लाहकार समेत रहेका सुवेदीले पर्यायवाची कोष, अनुकरणात्मक कोष, दर्शन कोष आदि सात विधाका समीक्षामूलक रचनाहरु सिर्जना गरेका छन् । 


×
Berita Terbaru Update