Notification

×

Iklan

Iklan

पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

Wednesday, November 25, 2020 | November 25, 2020 WIB Last Updated 2021-12-30T03:25:15Z

बेनी 

मङ्सिर ११



देशभर चिसो बढ्दो तथा केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना देखाइएको हो । 




यसैगरी आज राति पनि गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छः

‘प्रदेश नं १, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भूभागका एक–दुई स्थानमा हलुका वर्षाको सम्भावना छ । देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’


×
Berita Terbaru Update