Notification

×

Iklan

Iklan

आज गाई, गोरु, र हली तिहार

Saturday, November 14, 2020 | November 14, 2020 WIB Last Updated 2021-12-30T03:25:32Z

 बेनी

कात्तिक ३०


यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई, गोरु र खेत जोत्ने हलीको समेत पूजा गरी मनाइँदैछ । मानिसको जीवनमा गाई धेरै कोणबाट उपयोगी रहेको र यसको पूजा गर्दा आमाको जस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।




नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको जानकारी दिएका छन ।


आधुनिक अनुसन्धानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुका लागि अचुक औषधिका रूपमा प्रयोग गर्न सकिने र यसले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी पुष्टि भएपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न योगी सोमराजले बताए ।


त्यसैगरी कृषि कर्मका लागि खेत जोतेर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई मीठो मसिनो खुवाएर सम्मान गर्ने चलन नेपाली समाजमा छ । त्यसैले आजको दिनलाई गोरु तिहार र हलितिहार पनि भन्न सकिने संस्कृतिविदहरु बताउँछन ।



आत्म (म्ह) पूजा

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ । नेपालमा विशेषगरी नेवार समुदायका मानिसहरुले आज बेलुकी आत्म (म्ह) पूजा गरी यो पर्व मनाउँदैछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो।


विगतमा जस्तै म्ह पूजा कहिले गर्ने भन्ने विषयमा नेवार समुदाय यसपटक पनि विभाजित छ । गाइतिहार वा भाइटिका कुन दिन म्ह पूजा गर्ने भन्ने विवाद हुँदै आएको हो । नेपाल संवत शुरु भएकै दिन आत्म पूजा गर्नेले सोमबार गर्नछन भने बाँकीले आज राति म्ह पूजा गर्छन । 


नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमर्दन जोशीले म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवतसँग यसलाई जोड्न नहुने विचार व्यक्त गरे । धर्मशास्त्र र ज्योतिष विषयको अध्ययन नगरीकन राजनीतिक दबावका भरमा चाडपर्वमाथि हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । 


राससको सहयोगमा

×
Berita Terbaru Update