Notification

×

Iklan

Iklan

अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेन विजयी

Saturday, November 7, 2020 | November 07, 2020 WIB Last Updated 2021-12-30T03:25:44Z

 बेनी

कात्तिक २३


अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचनमा जो बाइडेन विजयी भएका छन् । गत मंगलबार भएको निर्वाचनमा बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार थिए । हालसम्म नतिजाको अन्तिम घोषण भएको त छैन, तर उनले जितेका इलेक्टोरल कलेजको सिटसंख्या अनुसार उनी अमेरिकाको ४६औं राष्ट्रपति बन्नेछन् ।




राष्ट्रपतिमा विजय सुनिश्चित भएसँगै बाइडेनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने धारणा सार्वजनिक गरेका छन् ।


२० इलेक्टोरल सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज अग्रता बनाएसँगै राष्ट्रपतिमा उनको विजय सुनिश्चित भएको सिएनएनले  जानकारी गराएको छ ।


वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो निर्वाचनमा जित हासिल गरेका विस्कन्सिन र मिसिगन जितेसँगै बाइडेनका लागि ह्वाइट हाउसको यात्रा सहज बन्दै गएको थियो । अघिल्लो पटक ‘रेड’ राज्य बनेका विस्कन्सिन, मिसिगन र पेन्सेल्भिनियालाई बाइडेनले ‘ब्ल्यु’ बनाएका छन् ।


उनीसँगै अमेरिकाले पहिलो अश्वेत उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसलाई पनि पाएको छ । उनी भारतको केरला मूल घर भएकी अमेरिकी आमाकी छोरी हुन् ।



×
Berita Terbaru Update