Notification

×

Iklan

Iklan

अधिवक्ताको लाइसेन्स परीक्षा मंसिर २० गते

Friday, November 13, 2020 | November 13, 2020 WIB Last Updated 2021-12-30T03:25:35Z

 बेनी

कात्तिक २८


अधिवक्ता अर्थात् अदालतमा बहस गर्ने वकिल बन्न चाहिने अनुमतिपत्र (लाइसेन्स) का लागि आगामी मंसिर २० गते परीक्षा हुने भएको छ । नेपाल बार काउन्सिलका अनुसार गत वैशाखमै सम्पन्न हुनुपर्ने अधिवक्ताको २८औं परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । 




नेपाल बार काउन्सिलले कोरोना महामारीका कारण अधिवक्ता लाइसेन्सको परीक्षाको पूर्णाक ४०० बाट घटाएर १०० मा झारेको छ । कोरोना महामारीका कारण काउन्सिलले एकैदिन परीक्षा सक्ने गरी १०० पूर्णाङ्क निर्धारण गरेको बताइएको छ ।


काउन्सिलका सचिव रामहरी काफ्लेका अनुसार यसअघि १०० पूर्णाङ्कका चारवटा विषयको परिक्षा हुने गरेकोमा यसपटक सबैलाई एकीकृत गरी चार घण्टाको समय दिएर परीक्षा लिन लागिएको हो । काफ्लेका अनुसार ५ ५ अङ्कभारका १२ वटा प्रश्न र मिसिल अध्ययनसँग सम्बन्धित ४० अंकको दुईवटा प्रश्न सोधिनेछ ।


परीक्षामा सहभागी हुँदा परिक्षार्थीले कोरोनाबाट बच्नका लागि अधिकतम स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्नुपर्ने पनि काफ्ले बताए ।


काउन्सिलले आइसोलेसनमा बसेका विद्यार्थीलाई छुट्टै हलमा राखेर परीक्षा दिलाउने व्यवस्था गरिने तर, यसका लागि कम्तीमा अघिल्लो दिनसम्म जानकारी गराउनुपर्र्ने मापदण्ड तोकेको छ ।


×
Berita Terbaru Update