Notification

×

Iklan

Iklan

‘जितको नजिक’ बाइडेन

Thursday, November 5, 2020 | November 05, 2020 WIB Last Updated 2021-12-30T03:25:47Z

 

बेनी

कात्तिक २०


अमेरिकाको ४६औं राष्ट्रपतिका लागि भएको निर्वाचनमा पूर्वउपराष्ट्रपति जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका ५० मध्ये हालसम्म ४३ वटा राज्यको परिणाम सकिएको छ । प्राप्त विवरण अनुसार हालसम्मको मतगणनामा बाइडेनले २४३ तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपति बन्नका लागि कम्तीमा २७० इलेक्टोरल मत आवश्यक पर्छ ।




चुनावी नतिजा आउँदै गर्दा जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।


जानकारहरुका अनुसार जितका लागि निकै महत्वपूर्ण मानिएका बाँकी सातओटा राज्यहरूमा भने मतगणना जारी छ ।


‘ब्याटलग्राउण्ड’ भनिनेमध्येको मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि एक कुराकानीमा बोल्दै बाइडेनले भने, “हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौं ।” नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा बाइडेनले जोड दिएका छन् ।


GETTY IMAGES


मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडेनको सहज जित हुने आँकलनदेखि लिएर झिनो मत अन्तरले डोनल्ड ट्रम्पको जित हुनेसम्मका प्रक्षेपणहरू गरेका थिए ।



×
Berita Terbaru Update