Notification

×

Iklan

Iklan

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

Monday, November 9, 2020 | November 09, 2020 WIB Last Updated 2021-12-30T03:25:41Z


बेनी

कात्तिक २४


नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बनेका छन् ।


फाइल तस्विर



ऊर्जा मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । 


ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंंले सोमबारदेखि नै शाक्यले पद सम्हाल्ने बताएका छन ।  


कुलमान घिसिङको कार्यकाल सकिएपछि  मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो । त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए । 


ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन लगाएका थिए ।


अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन् ।


×
Berita Terbaru Update