बेनी
पुस ५
मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बालुवाटारमा केही बेरअघि बसेको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिससमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवका अनुसार बैठक शुरु भएपछि प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिश गरिएको निर्णय सुनाएका थिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमै रहेका बेला संसद विघटनको सिफारिश भएको हो । प्रधानमन्त्री निस्केपछि मन्त्रीहरु आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेको बताइएको छ ।