बेनी
पुस ११
आउँदो मङ्गलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने भएको छ । यातायात व्यवथा विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पुस १४ मङ्गलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने जानकारी दिएको हो ।
![]() |
| प्रतीकात्मक तस्वीर |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी अनलाइन फाराम खुला गरिने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण सरकारले बन्दाबन्दी (लकडाउन) को निर्णय गरेपछि गत चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द भएको थियो ।
