Notification

×

Iklan

Iklan

रघुगङ्गामा अस्पताल विवादः समस्या जहाँको तहीँ

Saturday, December 26, 2020 | December 26, 2020 WIB Last Updated 2021-12-30T03:24:44Z

 बेनी

पुस ११



सरकारी मापदण्डअनुसारको पालिकास्तरीय अस्पताल कहाँ बनाउने भन्नेबारे रघुगङ्गा गाउँपालिका अझैसम्म टुङ्गोमा पुग्न सकेको छैन । अस्पताल बनाउने ठाउँको ठेगान नहुँदा अस्पतालको शिलान्याससमेत हुन सकेको छैन ।

 

फाइल तस्वीर


अस्पताल निर्माण सम्बन्धी विवाद टुङ्गो लगाउने एजेन्डासहित बिहीबार शुरु भएको गाउँ सभाको बैठक कुनै निर्णयमा पुग्न नसकेपछि आगामी सोमबारसम्मका लागि स्थगित भएको छ । 


समस्यालाई तार्किक निष्कर्षमा पुर्याउने अपेक्षा गरिएको गाउँ सभा नै अनिर्णयको बन्दी बनेपछि थप अन्योल सिर्जना गरेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले यस सम्बन्धमा थप छलफल गर्नुपर्ने भएकाले सोमबारसम्मका लागि गाउँसभा स्थगित गरिएको बताएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकाबासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले ‘रघुगङ्गा गाउँपालिका–३’ मा अस्पताल बनाउनु उपयुक्त हुने आशयको निर्णय गरेको थियो । 


गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्लेलाई राखेपछि विवाद बढेको थियो । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउने निर्णयलाई तोडमरोड गरेर पालिकाको केन्द्र मौवाफाँटमा सार्न खोजिएको भन्दै वडाध्यक्ष जीवन मल्ललगायत पिप्लेका जनप्रतिनिधिहरुले गाउँसभा नै बहिष्कार गरेपछि विवाद थप जटिल बनेको छ ।


ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेन । अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा ८३ लाख विनियोजन भए पनि ठाउँको ठेगान नहुँदा भवन निर्माण योजना अन्योलमा परेको छ। 


रघुगङ्गा–१ वडा अ्रध्यक्ष बिलप्रसाद फगामीले अस्पताल बनाउनका लागि यसअघि निर्णय भए अनुसार जग्गा व्यवस्थापन गरिएकोले बेगमै अस्पताल बनाउनुपर्ने बेगबासीको माग रहेको बताए । 


गाउँपालिकाको वडा नं. १ का अध्यक्ष फगामी र ३ का अध्यक्ष जीवन मल्लले बेग र पिप्लेमा अस्पताल बनाउनुपर्ने माग गरे पनि ती दुबै ठाउँमा स्वास्थ्यचौकी छन् । 


गाउँपालिकाको केन्द्र मौवाफाँटमा कुनै पनि स्वास्थ्य पूर्वाधार नभएको अवस्थामा समेत विवाद सिर्जना गरेर पूर्वाग्रह देखाइएको मौवाफाँटका स्थानीय अगुवा मुकुन्दप्रसाद शर्माले गुनासो गरे ।


×
Berita Terbaru Update