Notification

×

Iklan

Iklan

प्रतिनिधि सभा विघटन विरुद्ध म्याग्दी कांग्रेसद्वारा प्रदर्शन

Monday, December 28, 2020 | December 28, 2020 WIB Last Updated 2021-12-30T03:24:42Z

बेनी

पुस १३



सरकारले प्रतिनिधि सभा विघटन गरेकोमा असहमति जनाउँदै नेपाली कांग्रेस म्याग्दीले विरोध प्रदर्शन गरेको छ । सोमबार सदरमुकाम बेनीमा कार्यकर्ता उतारेर कांग्रेसले विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरेको हो । 




प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै संसदको प्रमुख प्रतिपक्षी दल काँग्रेसको देशव्यापी कार्यक्रमअन्तर्गत म्याग्दीमा पनि विरोध प्रदर्शन भएको हो । ¥यालीपछि क्याम्पसचोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले सार्वभौम संसदको विघटन गर्ने ओली सरकारविरुद्ध सडकमा उत्रिनुपरेको विचार व्यक्त गरे । जनताका समस्या सम्बोधन गर्न नसकेको ओली सरकारले जनमतको पनि अपमान गरेको गर्बुजाको भनाइ थियो ।




सभालाई सम्बोधन गर्दै काँग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँले प्रतिनिधि सभा विघटनमार्फत् नयाँ संविधानलाई च्यात्न खोजिएको आरोप लगाउँदै संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुनै व्यवस्था नरहेको तर्क गरेका थिए ।


सभालाई कांग्रेस म्याग्दीका पूर्व सभापति डा. भुपेन्द्र खड्का, पूर्व सहसभापति नेत्रबहादुर महत, सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव क्या. मिनबहादुर कार्की, जिल्ला सदस्य केबी भण्डारी, महासमिति सदस्य चिरञ्जीवी शर्मा, महिला संघका उपाध्यक्ष निर्मला श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।


कोण सभाअघि नेपाली कांग्रेसको पार्टी कार्यालय सङ्गमचोकबाट शुरु भएको विरोध ¥यालीले विभिन्न नारासहित बेनी बजार परिक्रमा गरेको थियो । 


सभापति गर्बुजाको अध्यक्षता, उपसभापति माधवप्रसाद रेग्मीको स्वागत र सहसचिव भरत रकालको सञ्चालनमा विरोध सभा सम्पन्न भएको थियो । 


×
Berita Terbaru Update