Notification

×

Iklan

Iklan

चीन भन्छः “नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं”

Monday, December 28, 2020 | December 28, 2020 WIB Last Updated 2021-12-30T03:24:42Z

बेनी

पुस १३



चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिबद्ध रहेको जनाएको छ । सोमबार चीनको राजधानी बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले यस्तो धारणा सार्वजनिक गरेका हुन् । सत्तारुढ नेकपाको विभाजन रोक्न राष्ट्रपति सी जिनपिङको सन्देशसहित काठमडौं उत्रिएको विशेष टोली भेटवार्तामा व्यस्त रहेका बेला प्रवक्ताको यस्तो भनाइ आएको छ । 





पत्रकारहरुको प्रश्नको जवाफ दिनेक्रममा प्रवक्ता लिजियानले नेपालका सबै राजनीतिक दलहरुसँग चीनको मित्रवत् सम्बन्ध रहेको बताएका थिए । अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा चिनियाँ कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।


चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल महामारी नियन्त्रण र अन्य चासोका विषयमा केन्द्रित रहेर काठमाडौं पुगेको उनले बताए ।


आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभाजित नेकपाका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ । 

टोली बुधबारसम्म काठमाडौंमा रहने बताइएको छ ।


भेटमा चिनियाँ टोलीले नेकपा विभाजन दुर्भाग्यपूर्ण भन्दै एकतामै फर्किन दुबै पक्षका नेताहरुलाई सुझाव दिएको बताइन्छ ।


×
Berita Terbaru Update