Notification

×

Iklan

Iklan

बेनी बजारका ८ जनामा कोरोना सङ्क्रमण

Friday, December 4, 2020 | December 04, 2020 WIB Last Updated 2021-12-30T03:25:05Z

बेनी

मङ्सिर १९

म्याग्दी सदरमुकाम बेनीबजारका थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका अनुसार सदरमुकाम बेनीबजारमा बसोबास गर्दै आएका ८ जना र बेनी नगरपालिका–१ रत्नेचौरका १ जना गरी नौ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 




कोरोना सङ्क्रमित हुनेहरुमा गुल्मी, तनहुँ र रुपन्देही घर भई हाल बेनीबजारमा बस्दै आएका वर्ष ३४, ३२ र ३४ वर्षका तीन जना पुरुष, बागलुङ ठेगाना भई अहिले बेनी बजार बस्दै आएका वर्ष ४४ का १ जना पुरुष तथा बेनी नगरपालिका–७ का वर्ष १०, ३२, ४० र ४८ का चार जना पुरुष रहेका छन् । 


त्यस्तै बेनपा–१ का वर्ष ३० का १ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको पाइएको छ । 


जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालका कन्ट्याक्ट ट्रेसिङमा परेका र शङ्कस्पद बिरामीहरुको यही मङ्सिर १६ गते १४ ओटा नमुना सङ्कलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाइएकोमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


स्वास्थ्य प्रमुख लम्सालका अनुसार पछिल्लो नतिजासँगै म्याग्दीमा कोरोना सङ्क्रमितको संख्या १५४ पुगेको छ । 



×
Berita Terbaru Update