Notification

×

Iklan

Iklan

म्याग्दीको पूर्वाधार विकासमा चार करोड बजेट

Friday, December 4, 2020 | December 04, 2020 WIB Last Updated 2021-12-30T03:25:05Z

 बेनी

मङ्सिर १९



स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा म्याग्दीका लागि ४ करोड बजेट विनियोजन भएको छ । जिल्लाको ६ ओटै स्थानीय तहका ४० योजनाका लागि उक्त बजेट छुट्ट्याइएको हो । 




शुक्रबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमबीच संघीय सांसद भूपेन्द्रबाहादुर थापाले उक्त जानकारी दिए । म्याग्दीबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि ४० वटा योजनालाई सो बजेट बाँडफाँड गरेका हुन् । स्थानीय तहहरुमार्फत कार्यान्वयन हुने योजनामा सडक, नदी नियन्त्रण, विद्यालय र खेल पूर्वाधार, भवन लगायतका क्षेत्र समेटिएको सांसद थापाले जानकारी दिए ।


पत्रकारसँग छलफलमा बोल्दै सांसद थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत् बजेटबाट अन्नपूर्ण गाउँपालिकामा ७ वटा योजनामा ७० लाख, धवलागिरीमा ६ वटा योजनामा ६७ लाख, बेनी नगरपालिकामा ७ वटा योजनामा ६३ लाख मङ्गलामा ६ वटा योजनालाई ६८ लाख, मालिकामा ७ वटा योजनालाई ६६ लाख र रघुगङ्गा गाउँपालिकाको ७ वटा योजनाको लागि ६६ लाख बजेट विनियोजन भएको जानकारी दिए ।  


विनियोजित बजेटबाट कार्यविधि अनुसार, एक निर्वाचन क्षेत्र हुने जिल्लामा स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट १.२५ प्रतिशत रकम जिल्ला समन्वय समितिको प्रशासनिक खर्चमा कटौती हुने निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले जानकारी दिइन् ।


प्रतिनिधि सभा सांसद थापा संयोजक, अर्का सांसद एवं निवर्तमान मन्त्री थममायाँ थापा र जिसस प्रमुख देवेन्द्रबहादुर केसी सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको समितिले पार्टी र स्थानीय तहबाट छनोट भएर आएका योजनाहरुको आवश्यकता र प्राथमिकताको आधारमा बजेट विनियोजन गरेको हो । 



×
Berita Terbaru Update