Notification

×

Iklan

Iklan

अख्तियारका पूर्व हाकिम जेल चलान

Sunday, December 13, 2020 | December 13, 2020 WIB Last Updated 2021-12-30T03:24:55Z

 बेनी 

मङ्सिर २८


सरकारी जग्गा हत्याउन सामेल भएको अभियाेग लागेका  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात जेल चलान भएका छन् । प्रधानमन्त्री निवास रहेको बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा विशेष अदालतले अाइतबार बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।




विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको प्रहरीले बताएको छ ।


अख्तियारको प्रमुख हुनुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा बस्न्यात उक्त जग्गा प्रकरणमा मुछिएका हुन् ।  बस्न्यातविरुद्ध अख्तियारले २०७६ माघ २२ गते ९ करोड ६५ लाख रुपैयाँ विगमो माग गर्दै मुद्दा दायर गरेको थियो ।


विशेष अदालतमा अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।


गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भए पनि कोरोनाको महामारीका कारण गरिएको बन्दाबन्दीले सुनुवाइ सरेको थियो ।


पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भएर जोशीबाहेक अन्य जनही पाँच लाख धरौटीमा छुट्ने आदेश भएको थियो । अदालतले जोशीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो ।


×
Berita Terbaru Update