Notification

×

Iklan

Iklan

गलेश्वरधाम: काेराेनासित जाेगिँदै शतबीज छर्दै

Sunday, December 13, 2020 | December 13, 2020 WIB Last Updated 2021-12-30T03:24:55Z

बेनी 

मङ्सिर २८


अाज यस वर्षकाे बालचतुर्दशी पर्व । काेराेना महामारीकाे सन्त्रासबीच स्वस्फूर्त रूपमा देवालयमा पुगेर शतबीज छरिएको छ । 




यसक्रममा म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा पुगेर भक्तजनले शतबीज छरेका छन् । 




अघिल्ला वर्षकाे बालचतुर्दशीमा गलेश्वरधाममा जनसागर अाेइरिने गरेकाेमा यसपटक सीमित सङ्ख्याका श्रद्धालुहरूले कालीगण्डकीमा स्नान गरी शतबीज छरेकाे गलेश्वर शिवालय क्षेत्र विकास काेषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले जानकारी दिएका छन् । "काेषले शतबीज छर्नेबारे कुनै सूचना जारी गरेकाे छैन तर पनि विभिन्न जिल्लाबाट स्वस्फूर्त रूपमा भक्तजन अाउनु भएको  छ," उपाध्यक्ष पराजुलीले भने, "अाफ्नाे ईच्छाले अाउने भक्तजनलाई राेक्न सकिएन ।"





हुन पनि विगतका वर्षमा थामिनसक्नु भीड हुने गरेको गलेश्वरमा अाइतबार सामान्य दृश्य देखिन्थ्याे । 




तनहुँ, कास्की, पर्वत र म्याग्दीका रैथाने व्यापारीले सामान्य पसल राखेका भए पनि तिनको सङ्ख्या नगण्य थियो ।




काेराेना महामारीको कारण स्वास्थ्य सतर्कता अपनाएका श्रद्धालुजन मध्ये धेरैले मुखमा मास्क लगाएकाे देखिन्थे भने बीचबीचमा प्रहरीले पनि उनीहरूलाई सचेत गराइरहेका थिए । 




गलेश्वर धामस्थित शालग्राम गण्डकी वेद विद्याश्रमका शिक्षक चिरञ्जीवी अाचार्यले महामारीको डर हुँदाहुँदै पनि शतबीज छर्नेकाे उपस्थिति रहनु संस्कृति प्रेमकाे उदाहरण भएको विचार व्यक्त गरे । 




"हाेटल, पसल, विद्यालय सबै क्षेत्र खुलिसके । तर, अझै पनि देवालयहरू बन्द गरिराख्नुकाे कारण बुझ्न सकिएन," अाचार्यले भने, "सरकारी अादेश खुरुखुरु मान्नेहरूलाई मात्रै कानुनको डण्डा देखाएर तर्साउनु भएन । सरकारको निर्णय सबै क्षेत्रमा समान रूपमा लागू हुनुपर्छ ।"



×
Berita Terbaru Update