बेनी
मङ्सिर २९
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्र्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ भने दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् ।
हाल देशभर १० हजार ९९४ जना सक्रिय सङ्क्र्रमित छन् ।
विश्वमा सात करोड २१ लाख ७४ हजार ५८ जना कोरोनाबाट सङ्क्र्रमित भएका छन् । त्यसमा निको हुनेको संख्या पाँच करोड, पाँच लाख ६२ हजार ९३८ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।