बेनी
मङ्सिर २३
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको छ । अहिले प्रदेश नं १ तथा वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छः
दिउँसोः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हलुका वर्षाको सम्भावना छ ।
रातिः प्रदेश नं १ तथा वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।