Notification

×

Iklan

Iklan

बिजुलीको पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा

Monday, December 7, 2020 | December 07, 2020 WIB Last Updated 2021-12-30T03:25:01Z

 बेनी

मङ्सिर २३


नेपालका सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका घरपरिवारमा बिजुलीको पहुँच रहेको पाइएको छ ।  गण्डकीका ९८.९ प्रतिशत घरपरिवारमा विद्युतको पहुँच छ । त्यस्तै सबैभन्दा कम कर्णालीमा ४४.९ प्रतिशतमा मात्र विद्युत सेवाको पहुँच रहेको छ ।




साविक धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू–भाग समेटेर कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम गरिएको छ ।


कुल २४ लाख ३ हजार १६ जनसंख्या रहेको गण्डकी प्रदेशमा ५ लाख ७६ हजार ५०१ घरपरिवार संख्या रहेको छ । त्यसमध्ये ९८ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुलीको पहुँच पुगेको हो ।


केन्द्रीय तथ्याङ्क विभागका अनुसार ८९.९ प्रतिशत नेपाली घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । 


यस्तै, नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा स्थिर टेलिफोन र मोबाइल फोन गरी टेलिफोन सुविधाको पहुँच रहेको पाएइको छ ।


×
Berita Terbaru Update