बेनी
मङ्सिर २६
अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन, म्याग्दीका पूर्व उपाध्यक्ष एवं शिक्षक यामनाथ पौडेलको निधन भएको छ । अखिल क्रान्तिकारी म्याग्दीका पूर्व उपाध्यक्ष एवं अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य पौडेलको उपचारको क्रममा पोखरा लैजानेक्रममा शुक्रबार बाटोमै निधन भएको हो ।
पेटमा खराबी र श्वास–प्रश्वासमा समस्या देखिएपछि शारीरिक जाँचका लागि बिहीबार बेनी अस्पताल आएका पौडेल उपचारपछि घर फर्किएको तर, शुक्रबार अचानक गम्भीर विरामी भएपछि बेनी ल्याइएको थियो ।
तर, बेनीबाट थप उपचारका लागि पोखरा लैजाँदै गर्दा बीच बाटोमै पौडेलको निधन भएको हो । निधन पछि पौडेलको शुक्रबारै अन्त्येष्टि गरिएको छ ।
भीम मावि, देवीस्थानका गणित शिक्षकसमेत रहेका पौडेलले केही दिनयता स्वास्थ्यमा समस्या आएको बताउने गरेको पारिवारिक स्रोतले बताएको छ ।
विद्यार्थी राजनीति र शिक्षण पेशा बाहेक पौडेलले विभिन्न सामाजिक कार्यहरुमा समेत सकृय थिए ।