Notification

×

Iklan

Iklan

विद्यालयको प्रवेशद्वार बनाउन पाँच लाख सहयोग

Friday, December 11, 2020 | December 11, 2020 WIB Last Updated 2021-12-30T03:24:57Z

 बेनी

मङ्सिर २६


विद्यालयको प्रवेशद्वार बनाउन राखुको एक परिवारले आर्थिक सहयोग गरेको छ । रघुगङ्गा गाउँपालिका–२ सिजँलगाउँका राजेन्द्र र देवी कार्कीले स्वर्गाीय बुबाआमाको सम्झनामा मुक्तिधाम माविको प्रवेशद्वार बनाउन पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् ।




स्वर्गीय आमाको वार्षिक पुण्य तिथिको अवसरमा स्वर्गीय बुवा लेठबहादुर कार्की तथा आमा टिकाकुमारी कार्कीको स्मृतिमा विद्यालयको प्रवशेद्वार निर्माणका लागि कार्की परिवारले ५ लाख ५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको मुक्तिधाम माध्यमिक विद्यालयले जानकारी दिएको छ । आमाको वार्षिक पुण्य तिथिको दिनमा छोराबुहारी राजेन्द्र र देवी कार्कीसहितको परिवारको उपस्थितमा बुधबार विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, प्रअ अम्मरबहादुर केसीलाई सो सहयोग हस्तान्तरण गरिएको थियो ।



प्रवेशद्वार निर्माणमा सहयोग रकम नपुगेमा आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता पनि कार्की परिवारले गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर केसीले जानकारी दिए । 


सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष, शिक्षक लगायत समाजसेवीकोे उपस्थिति थियो । 



×
Berita Terbaru Update