Notification

×

Iklan

Iklan

पर्वतको महाशिलामा भौतिक संरचना बनाइँदै

Friday, December 11, 2020 | December 11, 2020 WIB Last Updated 2021-12-30T03:24:57Z

बेनी

मङ्सिर २६


छिमेकी जिल्ला पर्वतको महाशिला गाउँपालिकामा रहेको ठूलो ढुङ्गा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।





खेतको बीचमा एउटा विशाल ढुङ्गा छ, जसको पुरानो नाम मेहल ढुङ्गा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुङ्गा एसियाकै ठूलो भएको स्थानीयको दावी छ ।


करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुङ्गा पर्वत घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको बताइएको छ । विगतमा प्रचार प्रसारको अभावका कारण यो ढुङ्गाको खासै चर्चा हुँदैनथ्यो । तर, संघीय शासन व्यवस्था अनुसार ७५३ ओटा स्थानीय तह गठन हुने बेला पर्वतको उक्त क्षेत्रमा पर्ने गाउँपालिकाको नाम नै यही ढुङ्गालाई आधार मानेर महाशिला राखिएपछि यसबारे चर्चा हुन थालेको स्थानीय बताउँछन् । 


पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि पुग्न सकिने महाशिलामा मोटरबाटोको सुविधा पुगेको छ । पछिल्लो समय गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ । यस्तै महाशिला ढुङ्गालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’समेत गठन गरिएको छ ।


गाउँपालिकाको नाम ‘महाशिला’ राखेर त्यसको प्रवर्द्धन गर्नु सकारात्मक भए पनि ढुङ्गाको प्राकृतिक स्वरुप बिग्रने गरी मूर्ति बनाउन उपयुक्त नहुने कतिपयको भनाइ छ ।


महाशिला क्षेत्रमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न भौतिक संरचना बनिरहेको र यस क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाई अघि बढिने महाशिला गाउँपालिकाले जानकारी दिएको छ ।


×
Berita Terbaru Update