Notification

×

Iklan

Iklan

पौडेल पक्राउको विरोधमा तरुण दलको प्रदर्शन

Thursday, December 3, 2020 | December 03, 2020 WIB Last Updated 2021-12-30T03:25:05Z

 बेनी

मङ्सिर १८


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको विरोधमा तरुण दल म्याग्दीले बिहीबार बेनीमा प्रदर्शन गरेको छ । तनुहँमा निर्माणाधीन मोटरेबल पुलको उद्घाटन गर्न आएका नेता पौडेललाई सुरक्षाको कारण देखाउँदै तनहुँ प्रहरीले बुधबार केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो । बुधबार तनहुँमा भएको घटनाको देशव्यापी विरोध गर्ने कार्यक्रम अनुसार तरुण दल म्याग्दीले पनि बिहीबार बेनीमा प्रदर्शन गरेको हो ।




बिहीबार बेनीमा मोटरसाइकल ¥यालीपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधव रेग्मीले सरकार आफ्नै कारणले असफल बन्दै गएको र आत्तिएर नागरिकको संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्न थालेको धारणा राखेका  थिए ।


तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्यालको अध्यक्षता र कोषाध्यक्ष हिरा पुनको सञ्चालन रहेको कोण सभामा नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले पनि बोलेका थिए ।


×
Berita Terbaru Update