Notification

×

Iklan

Iklan

अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस

Sunday, December 20, 2020 | December 20, 2020 WIB Last Updated 2021-12-30T03:24:50Z

 बेनी

पुस ५


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पूर्व गृहसचिव प्रेमकुमार राई सिफारिस भएका छन् । सरकारले आज बिहान संसद सचिवालयमा दर्ता गराएको सिफारिसपत्रमा यस्तो उल्लेख गरिएको बताइएको छ ।





प्रधानमन्त्री कार्यालयका सचिवले आइतबार बिहान दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ ।


प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । सामान्यतया संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनमा त्यसको अनुमोदन भैसक्नुपर्ने कानुनी प्रावधान छ । तर, आजै प्रतिनिधि सभा विघटन भएकोले राष्ट्रपतिले नियुक्त गरेको मितिले ४५ दिनमा स्वतः नियुक्त हुनेछन् ।


बालुवाटारको सरकारी जग्गा हडप्नेहरुविरुद्ध राईले गृहसचिव रहेकै बेला कारवाही प्रक्रिया अगाडि बढाएका थिए ।

 

×
Berita Terbaru Update