Notification

×

Iklan

Iklan

खोप प्रयोगका लागि फाइजरले भारतसँग माग्यो अनुमति

Sunday, December 6, 2020 | December 06, 2020 WIB Last Updated 2021-12-30T03:25:03Z

 

बेनी 

मङ्सिर २२


अाफुले बनाएकाे काेभिड खाेपकाे अापतकालीन प्रयाेगका लागि औषधि उत्पादक कम्पनी फाइजरले भारतसँग अनुमति मागेको छ। भारतको औषधि नियामक ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियासँग फाइजरले अनुमति मागेको हो।





यो खोप बिक्री र प्रयोगका लागि बेलायत र बहराइनले अनुमति दिइसकेका छन्। प्रेस ट्रस्ट अफ इन्डियाको समाचारलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार फाइजरले ४ डिसेम्बरमा नियामक प्रमुख (डीसीजीआई) लाई एक पत्र दिएको छ। पत्रमा खोपको आपतकालीन प्रयोगको अनुमति मागिएको छ।


फाइजर र बायोएनटेकले बनाएको उक्त खोपलाई पहिलोपटक गएको बुधबार बेलायतले अनुमति दिएको थियो। त्यहाँको नियामक निकायले तत्काललाई खोपको आपतकालीन प्रयोगका लागि अस्थायी अनुमति दिएको हो।


यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरिएको छ। यसलाई दुई पटक अर्थात दुई डोज दिनुपर्छ। यो खोपलाई गएको शुक्रबार बहराइनले पनि अनुमति दिएको घोषणा गरेको छ।


फाइजरले अमेरिकासँग पनि आपतकालीन प्रयोगका लागि अनुमति मागेको जनाइएको छ। तर, यसका केही खास चुनौतीका कारण प्रयोगमा कठिनाइ भएको बताइएको छ। यसलाई माइनस ७० डिग्री सेन्टिग्रेटमा भण्डार गर्नुपर्छ। विकासन्मुख र गर्मी देशमा यसको ओसारपसार र प्रयोेगमा समस्या हुने बताइएको छ।


×
Berita Terbaru Update